एमसीसीविरुद्ध नेपाल ५ विकेटले विजयी, विनोदले बनाए अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१८
  • |
  • 324 पटक हेरिएको

इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध नेपाली टिमले ५ विकेटको जीत निकालको छ । त्रिवि क्रिकेट मैदान कीर्तपुरमा एमसीसीले दिएको २०२ रनको लक्ष्य नेपालले ३८ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जीतमा पवन शर्राफ, ललित राजवंशी र विनोद भण्डारी नायक रहे ।

एमसीसीविरुद्ध खराब शुरुआत गरेको नेपालको पारिलाई शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारीले जोगाएका हुन् । नेपालका लागि विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले नट आउट ५२ रनको अर्धशतकीय पारि खेले । पवन शर्राफ ३५ रनमा नट आउट रहे ।
पहिलो विकेटको रुपमा इशान पाण्डेलाई गुमाएको नेपालले दोस्रो विकेटकको रुपमा कप्तान ज्ञानेन्द्र मल्लाई गुमाएको थियो ।

दुवै ओपन इशान र ज्ञानेन्द्र आउट भएपछि क्रिजमा रहेका शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले नेपालको पारि अघि बढाएका थिए । १८ औं ओभरको खेलमा नेपालले क्रिजमा जमि सकेका शरद र दीपेन्द्रको विकेट गुमाउन पुग्यो । शरद २४ तथा दीपेन्द्र २१ रनमा पेभेलियन फर्किएका हुन् ।
पाँचौं विकेटको रुपमा आरिफ शेख आउट भए । आरिफ २३ रन बनाएर पेभेलियन फर्किए ।

ललित र पवनले एमसीसीका चार चार जना ब्याट्सम्यानलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए । शानदार शुरुआत गरेको एमसीसीले २५ ओभरमा २ विकेट गुमाएर १५१ रन बनाएको थियो भने बाँकी १५ ओभरमा अल आउट हुँदा २०१ रन मात्र बनाउन सक्यो । एमसीसीका २ जना खेलाडीले अर्धशतक बनाए ।

विली गोल्डम्यानले ५२ रन बनाउँदा पवन शर्राफको बलमा आरिफ शेखबाट क्याच आउट भएका थिए । एमसीसीले १७ औं ओभरमा १०० रन पुरा गरेका थियो । १९ औं ओभरमा नेपालले दोस्रो सफलता हात पारेको थियो । ललित राजवंशीलेले १० रन बनाएर खेलिरहेका टम वेस्लेलाई आउट गरेका थिए । २७ औं ओभरमा एमसीसीले १६२ बन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । व्यक्तिगत दोस्रो तथा टिमका लागि ललितले तेस्रो सफलता दिलाएका हुन् । ललितले इशान पाण्डेको हातबाट अर्धशतकीय पारि खेलेका विल रोड्सलाई क्याच आउट गरेका थिए । रोड्स ५४ रन बनाएर आउट भए ।

नेपालका लागि चौथो सफलता अभिनास बोहोराले दिलाए । उनले २८ औं ओभरका खेलमा विल भान्डरस्परलाई ३६ रनमा पेभेलियनको बाटो देखाए । नेपालका ललित राजवंशीले व्यक्तिगत तेस्रो तथा टिमका लागि पाँचौं सफलता एमसीसीका माइल्स होमण्डलाई आउट गरेर दिलाए । माइल्सले जम्मा २ रनको योगदान गरे । ३२ औं ओभरको खेलमा पवनले व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौं विकेट लिए । उनले जीमी एडम्सलाई १० रनमा पेभेलियनको बाटो देखाए ।

लेगस्पिनर सन्दीप लामिछाने नखेलेपछि नेपाली स्पिनको जिम्मा लिएका ललित आजको खेलमा सफल सावित भए । उनले एमसीसीका एक पछि अर्को व्याट्सम्यानलाई आउट गर्दै आफूलाई अब्बल सावित गरेका हुन् । व्यक्तिगत चौथो तथा टिमका लागि सातौं सफलता दिलाउँदा मेडन ओभर बलिङ गरेका थिए । ललितले कोलुम ज्याकनलाई ११ रनमा आउट गरेका हुन् ।

नेपालका लागि पवन शर्राफले आठौं सफलता दिलाए । पवनको यो व्यक्तिगत तेस्रो विकेट पनि हो । ३९ औं ओभरको खेलमा ११ रन बनाएर खेलिरहेका एलेक्स थमसनलाई पवनले बिक्रम शोबको हातबाट क्याच आउट गरेका थिए । त्यस लगत्तै पवनले टिमका लागि नवौं विकेट पनि हात पारे । पबनले पनि व्यक्तिगत विकेटसंख्या चार पुर्याए। पवनले ३९ औं ओभरमै क्रिस राइटलाई एलबीडव्ल्यूको धरापमा पारेका थिए । अन्तिम विकेट भने करण केसीले लिए ।

नेपालका लागि पवन र ललितले चार चार विकेट लिँदा अभिनास र करणको नाममा एक एक विकेट रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey