एमसीसी विरूद्दकाे सिरीज नेपालका लागि राम्राे अभ्यास हुने विश्वासमा कप्तान ज्ञानेन्द्र

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१७
  • |
  • 189 पटक हेरिएको

इंग्ल्याण्डको पुरानो क्रिकेट क्लव मेरलीबोन क्रिकेट क्लव विरुद्ध नेपाली सिनियर टिमले भोली एकदिवसिय खेल खेल्दैछ । यस खेलका लागि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले आफुसँग सबै खेलाडी उत्साहित रहेको बताएका छन ।

सञ्चारमाध्यमसँग कुरा गर्र्दै ज्ञानेन्द्रले सबै एउटै टिम रहेको र ठाँउ पनि एउटै रहेको तर यो टुरका लागि निकै उत्साहित भएको बताए । उनले एमसीसी टिमपनि राम्रो रहेको र जित्नका लागि नेपाल आएका छन, यो सिरीजले नेपाली टिमका लागि राम्रो अभ्यास हुने बताए । यसका साथै उनले आसन्न इमर्जिङ कप क्रिकेट र अगामी दिनका प्रतियोगिताका लागि राम्रो अभ्यास हुने बताए ।

हाल टिममा नयाँ खेलाडीहरुपनि आइरहेको र उनीहरुका लागि पनि यो टुरले राम्रो प्रदर्शन गर्ने मौका रहेको बताए । एमसीसी विरुद्धको खेलको नतिजा कतिको म्याटर गर्छ भन्ने प्रश्नमा उनले पक्कैपनि नजिता म्याटर गर्ने बताउदै पुरानो क्लव नेपाल आएको छ, क्लव भर्सेस राष्ट्रिय टिम भन्दापनि एउटा राम्रो म्यासेज विश्वमाझ जाने भएकाले नतिजाले फरक पार्ने बताए ।

एमसीसी टिम नेपाल आएको सबैलाई थाहा भएको र त्यसमा पनि नेपालले नतिजा राम्रो निकालेमा झन उत्साह थप्ने बताए । यसका साथै उनले लामो समयपछि पहिलो श्रेणीको क्रिकेट खेल्न लागेकाले पनि उत्साहित रहेको बताए । हाल टिममा रहेका तीन चार जना खेलाडी बाहेक अरुले पहिलो पटक प्रथम श्रेणीको क्रिकेट खेल्न लागेको उनले बताए ।

एमसीसीसँग प्रथम श्रेणीको क्रिकेट खेल्दा बसन्त रेग्मी, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल बाहेक अरु सबै खेलाडी पहिलो पटक यो विधाको क्रिकेट प्रतियोगितामा डेब्यु गर्नेछन । भोलीका खेलमा पूर्व कप्तान पारस खड्काले पनि खेल्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey