Prabhu Bank

मदन भण्डारी गोल्डकपको उपाधिका लागि थ्रीस्टार र मनाङ भिड्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 0 पटक हेरिएको

चैत्र १८, बुटवल । बुटलवमा जारी मदन भण्डारी गोल्डकपको उपाधिकालागि चिर प्रतिद्धन्द्धी थ्रीस्टार र मनाङ मर्स्याङदी क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।

अाइतबार भएको दोस्रो सेमिफाइनलमा थ्रीस्टारले मदनभण्डारी स्पोर्टस एकेडेमीलाई एक शून्यले हराउँदै फाइनलमा स्थान बनायो ।

बुटवलको रामनगरस्थित वनविज्ञानको खेल मैदानमा भएको खेलमा थ्रीस्टारको जितमा बुद्ध चेम्जोङको एकमात्र गोल निर्णायक बन्यो ।

युवा खेलाडीको बाहुल्यता रहेको मदन भण्डारी एकेडेमीले थ्रीस्टारलाई पूरै खेलमा राम्रो चुनौती दिएको थियो ।

पहिलो आधा घण्टा गोलरहित बराबरी भएको खेलको ३५ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको थ्रीस्टारले दोस्रो हाफमा पनि केहि अवसर पाएपनि गोल थप्न सकेन र बुद्धको एकमात्र गोल उसलाई फाइनलमा पुग्न प्रयाप्त बन्यो ।

अब उसले उपाधिका लागि चीरपरिचित प्रतिस्पर्धी मनाङसँग खेल्नेछ । मनाङले यसअघि नै सुनौलो संगमलाई पाँच शून्यले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।