ओसाका ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट तीन टोली

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 241 पटक हेरिएको

चैत १८, काठमाडौं । जापानमा हुने १६औं वर्ल्ड एक्सन तेक्वान्दो एकेडेमी (डब्ल्यूएटीए) इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा ३ नेपाली टोलीले सहभागिता जनाउने भएको छ ।

ओसाका तेक्वान्दो एशोसियसनको आयोजनामा आगामी अप्रिल २० देखि २२ अर्थात बैशाख ७ र ८ गते जापानको ओसाकामा हुने कलवस्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल तेक्वान्दो एशोसियसनको तर्फबाट तीन जुनियर खेलाडीले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा ३३ देखि ३७ केजी तौलसमूहमा सुजन न्यासुर, ४१ देखि ४५ केजीमूनि तौलसमूहमा आयुश मगर र ५९ देखि ६१ केजीमूनि तौलसमूहमा अभय थापाले सहभागिता जनाउनेछन् ।

त्यस्तै टिम प्रशिक्षकमा अमिन तामाङ टिम म्यानेजरमा दिल महर्जन पनि जापान जानेछन् ।

त्यस प्रतियोगितामा तेक्वान्दो संघको टोलीका अलावा नेपालबाट नेप्लिस तेक्वान्दो एकेडेमी काठमाडौं र चितवनको टोलीको पनि सहभागिता रहनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey