डीपीएल-२, अत्तरीयाद्वारा रुपन्देही ९ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 175 पटक हेरिएको

रुपन्देही च्यालेञ्जर्सले धनगढी प्रिमियर लिगमा आफनो पहिलो खेलमा नै हार ब्यहोरेको छ । आजको पहिलो खेलमा सिवाइसी अत्तरीयासँग नौ विकेटले पराजित भयो ।

धनगढी स्थित संघीय इकाई प्रहरीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभर २ बलमा ६१ रनमा अलआउट भयो ।

उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको रुपन्देहीले १० रन बनाउँदा तीन विकेट खेर फाल्यो ।

उसका दुबै ओपनरले खाता खोल्न सकेन भने विक्रम भुषालले ८ रनमा आउट भए । तर त्यसपछि अरु १५ रन स्कोरबोर्डमा थप्दा रुपन्देहीले थप दुई विकेट गुमायो । दिपक प्रशाद ५ तथा कप्तान शक्ति गौचन ८ रनमा आउट भए ।

एकपछि अर्को विकेट गुमाएको रुपन्देहीले ३४ रन बनाउँदा ८ विकेट खेर फालेको थियो । उसका सुफेयान मेहमुदले सर्वाधिक २० रन बनाए । बलिङ तर्फ अत्तरीयाका कमलसिंह ऐरीले चार तथा शुभसंकर उराले तीन विकेट लिए ।

जवाफमा ६२ रनको झिनो लक्ष्य अत्तरीयाले ७ ओभर ३ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

अत्तरीयाको जितमा कप्तान सुवास खकुरेलले १९ रन बनाए भने भारतीय खेलाडी गौरभ चितकाराले अविजीत ३० र प्रेम तामाङले १४ रनको योगदान गरे । अत्तरीयाको एकमात्र विकेट २६ रन हुदा झरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal