Prabhu Bank

ज्लाटनले डेब्यु खेलमा २ गोल गर्दा एल ए ग्यालेक्सी विजयी

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 2 पटक हेरिएको

चैत्र १८ । म्यानचेस्टर युनाईटेडबाट अमेरीकी क्लव एल ए ग्यालेक्सीमा अनुबन्ध भएका ज्लाटन इब्राहिमोविचले डेब्यु खेलमा नै गोल गर्दा क्लवले लस एञ्जलसलाई चार तीन गोल अन्तरले पराजित गर्यो ।

तीन शुन्यले पछि परेको अवस्थामा उत्कृष्ट कमब्याक गरेको एल ए का लागि इब्राहिमोविचले दुई गोल गरे ।

खेलको पाचौं र २६ औं मिनेटमा भिलाको गोल मार्फत लस एञ्जसले खेलमा दुई गोलको अग्रता बनाएको थियो ।

त्यसपछि ४८ औं मिनेटमा स्टिरीसले आत्मघाती गोल गर्दा एल ए पहिलो हाफमा तीन शुन्यले पछि पर्यो । तर दोस्रो हाफमा उसले उत्कृष्ट कमब्याक गर्न सफल भयो ।

६१ औं मिनेटमा लिटगेट, ७३ औ मिनेटमा पोन्टिसले गोल गर्दै खेल तीन दुईको अवस्थामा पुर्याए ।

त्यसपछि इब्राहिमोविचले ७७ औ र इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै टिमलाई सनसनीपुर्ण जित दिलाए ।

भर्खरै

Advertisement