तयार हुँदै दशरथ रंगशाला (फोटो फिचर)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१४
  • |
  • 177 पटक हेरिएको

काठमाडौं, १४ कात्तिक । आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागको उद्घाटनस्थलको रुपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशालामा सिट जडानको काम शुरु भएको छ ।

मंसिर १५ देखि २४ सम्म काठमाडौं उपत्यकाका साथै पोखरा र जनकपुरमा आयोजना हुने सागका लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले तयारी तिव्र पारेको हो ।

प्रतियोगिता उद्घाटनस्थलको रुपमा रहेको दशरथ रंगशालाको साधारण तर्फको प्यारपिटमा कुर्सी जडान शुरु गरिएको छ । साधारण तर्फ जडान गर्नका लागि कम्तिमा १ हप्ता बढी समय लाग्ने जनाइएको छ । साधारण तर्फ १५ हजार सिट राखिने छ ।

मंसिर १५ गते सागको उद्घाटन भए पनि नेपालले त्यसघि नै कुवेतविरुद्ध विश्वकप छनोट खेल्नु पर्ने छ । त्यसका लागि पनि यो महिना भित्रै रंगशालाको सिट राख्ने काम सक्नु पर्ने बाध्यता छ ।

साधारण तर्फको प्यारापिटमा सिट जडान सकिए पनि भीआईपी तर्फको प्यारापिट भने विश्वकप छनोट अघि तयार हुने सम्भावना भने निकै कम छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey