एभीसी सेन्ट्रल जोनका लागि नेपाली टिम घोषणा नोभेम्बर ५ मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१३
  • |
  • 447 पटक हेरिएको

काठमाडौं, १३ कात्तिक । नोभेम्बर सात तारिखदेखि बंगलादेशको राजधानी ढाकामा शुरुहुने पहिलो एभीसी महिला सिनियर भलिबल च्याम्पियनसिपका लागि नेपाली टिम नोभेम्बर पाँच तारिखमा घोषणा गरिने भएको छ ।

आसन्न एभीसी सेन्ट्रल जोन र सागको तयारीका लागि नेपाली महिला टिम यतिबेला थाईल्याण्डको बैंककमा रहेको छ । बैंककमा नेपाली महिला टिमले सात वटा अभ्यास खेल खेल्ने तालिका रहेकोमा अहिलेसम्म पाँच खेल खेलिसकेको छ । अहिलेसम्म तीन खेलमा जित हात पार्दा २ खेलमा पराजय भागेको छ ।

नेपाली टिम ४ तारिखमा नेपाल फर्कने र त्यसो भोलि पल्ट टिमको घोषणा हुने नेपाल भलिबल संघले जनाएको छ । सेन्ट्रल जोन खेल्न नेपाली टिम सात तारिखमा बंगलादेश जाने छ । एभीसीका लागि अहिले थाइल्याण्डमा रहेको १८ सदस्यीय टिमबाट १२ जना खेलाडी छनोट हुने छन् । अहिले बाहिर हुने ६ जना खेलाडीबाट सागका लागि बाँकी २ जना खेलाडी छनोट गरेर १४ सदस्यीय नेपाली टिमको घोषणा हुने पनि भलिबल संघले पनि जनाएको छ ।

एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, तुर्किमिनिस्तान, किर्गिस्तान, अफगानिस्तानले खेल्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey