कप्तान ज्ञानेन्द्र मल्लको आशा ‘मैदानमा पारसको राम्रो साथ पाउँछु’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१३
  • |
  • 450 पटक हेरिएको

नेप्लेज, १३ कात्तिक । नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्लले सवैको साथ लिएर आफू अगाडी बढ्ने बताएका छन् । क्रिकेट टिमको कप्तान भएपछि नेप्लेज डटकमसँग कुरा गर्दै कप्तान मल्लले जहिले पनि आफू नेपाली क्रिकेटले जितेको हेर्न चाहेको बताउँदै त्यसका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड पनि दिए ।

कप्तान पदबाट पारस खड्काले राजीनामा दिएपछि रिक्त रहेको पदमा ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ क्यानले आज नियुक्त गरेको हो ।
उनले कप्तान पद लिनका लागि आफू कहिल्यै नलागेको प्रष्ट पार्दै आएको जिम्मेवारी पूरा गर्न भने तयार रहेको बताए । आसन्न एमसीसीसँगको सिरिज आफ्नो परीक्षाको पहिलो खुड्किलो भएको पनि बताए ।

उनले कप्तान पदबाट पारसले राजीनामा यति चाँडै दिने कुरा आफूले नसोँचेको बताउँदै पटक पटक छलफका क्रममा दुवै जनाले अब नयाँ खेलाडीहरुलाई स्थान दिनु पर्ने विषयमा भने चर्चा गरेको बताए ।

आफ्ना अगाडी चुनौती रहको स्वीकार गर्दै यसलाई आफूले अबसरको रुपमा लिने पनि प्रष्ट पारे । उनले भने ‘म पहिला पनि क्रिकेट खेल्दै आएको हुँ, अहिले उप कप्तानबाट उप मात्रै हटाएको जस्तो लागि रहेको छ ।’ मैदानमा पारस कप्तान नभए पनि उनको साथ र सहयोग हुनेमा आफू विश्वस्त रहेको पनि प्रष्ट पारे ।

क्यानसँगको सम्बन्धको बारेमा कुरा गर्दै कप्तान मल्लले सबै मिलेर नै नेपाली क्रिकेटको विकास गर्नुपर्नेमा जोड दिए । उनले भने ‘अब कसैले पनि मतभेद राख्नु हुँदैन, यसले नेपाली क्रिकेटलाई राम्रो गर्दैन् । अझै अहिलेको भन्दा राम्रो अवस्थामा लैजानका लागि सबै मिलेर क्रिकेटको विकासमा जोड दिनुपर्छ ।’

नवनियुक्त कप्तान मल्लसँगको कुराकानी हेरौं यो भिडियोमा ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal