थाइल्याण्डको राष्ट्रिय टिमसँग नेपाली महिला भलिबल टिम पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१३
  • |
  • 160 पटक हेरिएको

नेपाली राष्ट्रिय महिला भलिबल टिम थाइल्याण्डको राष्ट्रिय टिमसँग ३-० को सोझो सेटमा पराजित भएको छ ।

नेपाली टिम थाइल्याण्डसँग २५-१८,२५-२० र २५-१७ ले पराजित भयो । थाइल्याण्डमा नेपाली टिमको यो तेस्रो हार हो । यस अघिका पाँच मैत्रीपूर्ण खेलमा नेपालले तीन जित र दुई हार व्यहोरेको थियो ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद र बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्डमा रहेका छन् ।

नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey