लेस्ले डि जोङ नेपाल राष्ट्रिय भलिबल टिमका प्रशिक्षकमा पुनः नियुक्त, भारतसँग ३ वटा खेल खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१३
  • |
  • 206 पटक हेरिएको

नेदरल्याण्ड्सका भलिबल प्रशिक्षक लेस्ले डि जोङ नेपाल फर्किने भएका छन् ।

दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपालले पूर्व प्रशिक्षक डि जोङलाई पुनः नियुक्त गरेको हो । सन् २०१५ मा नेपाललाई प्रशिक्षण गरिसकेको डि जोङले सन् २०१८ मा भएको एसियाली भलिबल च्याम्पियनसिपमा १५औं स्थान दिलाएका थिए ।

प्रशिक्षक डि जोङले कात्तिक २९ गते भारतमा नेपाली टिमलाई भेट्नेछन् । सागको तयारीका लागि नेपालले भारतमा प्रशिक्षण गर्नेछ । त्यही प्रशिक्षक डि जोङ पुग्नेछन् । तयारीका क्रममा नेपालले भारतसँग तीनवटा अभ्यास खेल समेत खेल्नेछ ।

नेपाली टिम कात्तिक २३ गते भारतको बैंग्लोर जाँदैछ । यसैबीच नेपाली महिला बीच भलिबल टिम पनि आउँदो १७ गते श्रीलंका जाने निश्चित भएको छ । श्रीलंकामा नेपाली टिमले १० दिन प्रशिक्षण गर्नेछ । महिला बीच भलिबल टिम पनि सागकै तयारीका लागि श्रीलंका जान लागेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey