नेपाली महिला भलिबल टिमले आज थाइल्याण्डको राष्ट्रिय टिमसँग खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१३
  • |
  • 333 पटक हेरिएको

आसन्न दक्षिण एसियाली खेलकुद र बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली महिला भलिबल टिमले आज बलियो टिम थाइल्याण्डको राष्ट्रिय टिमसँग खेल्दैछ ।

थाइल्याण्डको बैंककमा हुने खेल नेपाली समय अनुसार दिउसो चार बजेबाट सुरु हुनेछ । महिला भलिबलमा बलियो टिमका रुपमा रहेको थाइल्याण्ड विरुद्धको खेलले नेपाली टिमका लागि राम्रो अनुभव हुने प्रशिक्षक जगदिश भट्टले बताए ।

विश्व स्तरका खेलाडीसँग पहिलो पटक खेल्न पाउनु टिमको लागि पनि निकै राम्रो रहेको उनको भनाई छ । हाल एफआइभिबीको बरियतामा १४ औं स्थानमा रहेको थाइल्याण्डको महिला टिमले विश्व च्याम्पियनसिपमा ६ पटक खेलिसकेको छ । यसका साथै एक पटक विश्वकप पनि खेलिसकेको छ ।

१६ पटक एशियन च्याम्पियनसिप खेलिसकेको थाइल्याण्डको महिला भलिबल टिम दुई पटक च्याम्पियन बनिसकेको छ । तर नेपाल विरुद्ध थाइल्याण्डको फुल सेट भने खेल्ने छैन । तर पनि नेपालका लागि यो राम्रो अवसरका रुपमा रहेको छ ।

आजकाे खेलमा नेपालकी मुख्य खेलाडी सरस्वती चौधरी खेल्नेछैनन् । उनको एंकलमा चोट लागेकाले हाल आराममा रहेकी छिन । नेपाली महिला भलिबल टिमले थाइल्याण्डमा अहिलेसम्म तीन खेलमा जित र दुईमा हार ब्यहोरेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey