राष्ट्रिय स्केट बोडिङ्ग च्याम्पियनसिपमा गजेन्द्र र धिरज च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१७
  • |
  • 163 पटक हेरिएको

पोखरामा भएको राष्ट्रिय खुल्ला स्केट बोडिङ्ग महिला तथा पुरुष च्याम्पियनसिपमा गजेन्द्र वर्देवा  र धिरज परियार च्याम्पियन बनेका छन ।

पोखरा रंगशाला स्थित अन्नपुर्ण स्केटवोर्ड स्थलमा भएको प्रतिस्पर्धामा १४ वर्ष भन्दा माथी उमेर समुह पुरुष सिनियर तर्फ काठमाण्डौका गजेन्द्र वर्देवा प्रथम भएका छन । त्यसै गरि कास्कीका समिर विल्सन द्वितिय र तेश्रो कास्की पेन्टोलिन शेर्पा तृतिय भए ।

यसै गरि १४ वर्ष भन्दा मुनी उमेर समुह पुरुष तर्फ काठमाण्डौका धिरज परियार प्रथम, कास्कीका सुमित गुरुङ द्वितिय र कास्कीका राज कुमार तृतिय भए ।

महिला तर्फ काठमाण्डौका लोरिन राई र रेजिना मर्हजनले प्रतियोगितामा सहभागिता जनाए । उनीहरुले आफ्नो खेल पर्दशन गर्दै महिलाहरु समेत यस खेलमा आर्कषण रहेको सहभागिता गर्न सकिन्छ भन्ने सन्देश दिएका छन ।

बिजेता हरु प्रथम र द्वितियलाई क्रमश नगद ५ हजार २ हजार ५ सयका साथमा १० हजार पर्ने स्केट बोर्ड र तृतियलाई स्केटबोर्ड र प्रमाणपत्र प्रदान गरिएको थियो भने महिला सहभागीहरुलाई प्रोत्साहान स्वरुप नगद र स्केट बोर्ड प्रदान गरिएको नेपाल स्केटिङ्ग तथा स्केट बोडिङ्ग संघका अध्यक्ष अच्युत खनालले जानकारी दिएका छन ।

प्रतियोगितामा २० जिल्लाका १ सय जना खेलाडीको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey