सलाहको गोलमा लिभरपुलको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१७
  • |
  • 226 पटक हेरिएको

चैत्र १७ । इग्लिस प्रिमियर लिगमा लिभरपुलले अर्को जित निकालेको छ । आज भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई दुई एक गोल अन्तरलेह हरायो ।

लण्डनको सेलहर्ट पार्कमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहको गोल निर्णायक बन्यो । त्यसोत क्रिस्टलले एक गोलको अग्रता जोगाउन सकेन ।

खेलको १३ औ मिनेटमा लुका मिलीभोजीभिकले गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा दुई गोल गर्यो ।

४९ औं मिनेटमा सादियो मानेले गोल गर्दै खेल बराबरीमा पुर्याए । त्यसपछि ८४ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले रोबेर्टसनको पासको सदुपयोग गरेका थिए ।

यो सिजनमा सलाहले प्रिमियर लिगमा गोल सख्या २९ पुर्याएका छन । ३१ खेलमा २९ गोल गरेका सलाह एकैसिजनमा धेरै गोल गर्ने खेलाडीमा डिडियर ड्रोग्वा भन्दामात्र पछि छन । जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । उसले ६६ अंक भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey