यू-१९ काे भारत भ्रमण, अनुभवी भन्दापनि नयाँ खेलाडीले माैका पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१०
  • |
  • 191 पटक हेरिएको

यु १९ क्रिकेट टिम यति बेला भारत भ्रमणको तयारी गरिहेकाे छ । तर अण्डर नाइन्टिनका अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनारहेका नियमित खेलाडी भने याे प्रतियाेगितामा समावेश हुनेछेनन्र । यो भ्रमणमा यसअघि यु १९ क्याम्पमा रहेका तर टिममा पर्न नसकेका खेलाडीलाइ समेटेर यू-१९ ए टिम भनेर भारत जाने भएकाे छ ।

भारतीय क्रिकेट असोसिएसन बिसिसिआइले नेपाल सहित चार टिमले सहभागिता जनाउने पचास ओभरको टुर्नामेण्ट सञ्चालन गर्दैछ । राउण्ड रोविन फम्र्याटमा सञ्चालन हुने प्रतियोगितामा भारतका ए लेभलका खेलाडीको तीन वटा टिम छ भने नेपालको ए टिमले सहभागिता जनाउँदैछ । सोही प्रतियोगिताको तयारी स्वरुप अहिले टि यु क्रिकेट मैदान छनौट खेल भइरहेका छन् । यहाँ कम यु-१९ भन्दा धेरै कम उमेरका समेत खेलाडी छन् ।

खेलाडीले यो प्रतियोगितालाई आफ्नो कमि कम्जोरी सच्याउँदै आफुलाई उत्कृष्ट देखाउने मौकाका रुपमा लिएका छन् । टेष्ट नेशन भारतका यु १९ टिमहरुसँग खेल्दा उनीहरुले आफ्नो स्तर मापन हुने विश्वास छ । खेलाडीहरुले यो टुर्नामेण्टलाई आफुलाई प्रमाणित गर्न अवसरका रुपमा लिएका छन् । त्यसैले उनीहरु छनौट खेलमा मेहेनत गरिरहेका छन् । छनौट भएपछि प्रतियोगिता उत्कृष्ट प्रदर्शन गर्ने र आगामी दिनमा आफ्नो लागि उमेर समुह र सिनियर टुर्नामेण्टमा समेत स्थान बनाउने खेलाडीले लक्ष्य छ ।

प्रतियोगितामा सहभागिता जनाउन कार्तिक २३ मा टोली भारतमा प्रस्थान गर्नेछ । भारतको हैदरावादमा हुने यु १९ च्यालेन्जर ट्रफी उक्त टुर्नामेण्टको २५ गते पहिलो खेलमा नेपालले भारतको एल्लो टिमसँगको खेल्ने छ । भने २७ मा रेड टिम र २९ मा ब्लुस्ँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका उत्कृष्ट दुइ टिम फाइनलमा पुग्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal