सान्चेजको डेब्युमा म्यान्चेष्टर युनाइटेड विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१३
  • |
  • 318 पटक हेरिएको

माघ १३, लण्डन । म्यान्चेष्टर युनाइटेड इंग्लिस एफए कपको पाचौं चरणमा प्रवेश गरेको छ ।

हालै आर्सनलबाट म्यान्चेष्टर युनाइटेड स्थानान्तरण गरेको एलेक्सिस सान्चेजले पहिलो दुई गोलमा सहयोग गर्दा युनाइटेडले तेस्रो डिभिजनको योभिल टाउनलाई ४–० गोलले पाखा लगायो ।

योभिल टाउनको मैदानमा भएको खेलमा युनाइटेलाई जित दिलाउनका लागि मार्कुस रासफोर्ड, एन्डर हरेरा, जेसे लिङ्गार्ड र रोमेलु लुकाकुले गोल गरे ।

४१औं मिनेटमा रासफोर्डको गोल मार्फत युनाइटेडले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । निकै कमजोर टिम योभिलविरुद्ध म्यान्चेष्टर युनाइटेले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

६१औं मिनेटमा एन्डर हरेराले गोल गर्दा एलेक्सिस सान्चेजको पासको सदुपयोग गरेका थिए ।

७२ औं मिनेटमा एलेक्सिस सान्चेजलाई प्रतिष्थापन गरेको लिंगार्डले ८९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता ३–० मा लम्बाएका थिए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेलको विट मारेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal