डीपीएल-२ आज दुई खेल, अत्तरीया र रुपन्देही तथा विराटनगर र महेन्द्रनगर भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१८
  • |
  • 278 पटक हेरिएको

चैत १७, कैलाली । धनगढी प्रिमियर लिग डीपीएलमा आज दुई खेल हुँदैछन । जसमा पहिलो खेल सिवाईसी अत्तरीया र रुपन्देही च्यालेञ्जर्स तथा दोस्रो खेलमा विराटनगर किङस र महेन्द्रनगर युनाईटेड विच प्रतिस्पर्धा हुँनेछ ।

अत्तरीयाको कप्तान सुवास खकुरेल हुन भने रुपन्देहीलाई भेट्रान खेलाडी शक्ति गौचनले नेतृत्व गरिरहेका छन । यस्तै पारस खड्कको कप्तानीमा रहेको विराटनगरले विनोद भण्डारीको टिम महेन्द्रनगरको सामना गर्नेछ ।

यसैविच हिजो भएको उद्घाटन खेलमा काठमाडौ गोल्डेन्सले साविक विजेता टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गरेको छ ।

संघिय प्रहरी इकाइ कार्यालयको मैदानमा टस हारेर ब्याटिङ गरेको चौराहले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय ४५रन बनायो ।

चौराहको पारीमा सुनिल धमलाले अर्धशतक प्रहार गरे । डिपिएलको पहिलो खेलमा नै सुनिलले अर्धशतक बनाए । धमलाले ५७ वलमा ६८ रन बनाए । उनले आठ चौका र दुई छक्का हिर्काएका थिए ।

छैटौ ओभरमा ओपनर पुनित मिश्रालाई आउट गर्दै रसिद खानले काठमान्डौलाइ पहिलो सफलता दिलाएका थिए । धमला र शंकर रानाले दोस्रो विकेटका लागि ७१ रनको साझोदारी गरे । शंकर ब्यक्तिगत ३६ रनमा सन्नी पटेलको वलमा मैदान बाहिरिदा चौराहाको स्कोरबोर्डमा एक सय २६ रन रहेको थियो ।

विशाल स्कोर तर्फ अघि बढेको चौराहाको रनरेटलाई साहव आलमले रोके । १८ औं ओभरमा साहवले ह्याट्रिक गर्दै आफ्नो उत्कृष्ट बलिङको प्रमाणित गरे । उनले सुनिल धमला, सोमपाल कामी र सोनु खड्कालाई पवेलियनको बाटो देखाएका थिए ।

साहवले चार ओभरमा २३ रन खर्चिदै तीन विकेट लिए । जारी डिपिएलको यो पहिलो ह्याट्रिक हो । राजु रिजाल एघार र योगेन्द्र सिंह कार्की पांच रनमा अविजीत रहे ।

जवाफमा काठमाडौले १८ ओभर ४ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा अमित श्रेष्ठले अविजीत ८१ रन बनाए ।

यस्तै नरेश बुढाऐरले अविजीत २४ रनको योगदान गरे । दरिलो सुरुवात गरेको काठमाडौले ५९ रन हुँदा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ७३ रन हुदा दोस्रो विकेट गुमाएको काठमाडौले ९१ रनमा तीन विकेट खेर फालेको थियो ।

तर त्यसपछि उसले सहजै लक्ष्य पुरा गरयो । प्रतियोगितामा अमित अर्धसतक बनाउँने दोस्रो खेलाडी बनेका छन । उनले ६५ बलमा नौ चौका र ४ छक्का प्रहार गरे । प्रतियोगितामा भोली देखि दुई खेल हुनेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey