तिहारमा पनि सागकाे तयारीमा रहेका खेलाडीले बिदा नपाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०९
  • |
  • 270 पटक हेरिएको

नेपालीहरुको महान चाँडमा पर्ने दिपावली आजबाट सुरु भएको छ । देशमा मात्र होइन विदेशमा बस्ने नेपालीहरु दिपावलीको अवसरमा विभिन्न योजना बनाइरहेका बेला नेपाली खेलाडी भने तिहारको बेलापनि बिदा नपाउने भएका छन ।

आसन्न दक्षिण एशियाली खेलकुद सागको तयारीमा रहेका २७ खेलका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले तिहारका बेलापनि प्रशिक्षण गर्न निर्देशन दिएको छ । यतिमात्र होइन चाहिएको अवस्थामा परिषद्का पदाधिकारीलाई पनि काममा बोलाउने बताएको छ ।

हाल सागको तयारीका लागि १५ खेलका खेलाडीको अन्तिम छनोट भइसकेको छ । साग तयारी समितीका संयोजकले खेलाडीले तिहारका बेलापनि एक समय प्रशिक्षण गर्नुपर्ने बताएका छन ।

मुखैमा आएको सागका लागि पछिल्लो दुई महिना देखि तयारीमा रहेका खेलाडीलाई कसरी पदक दिलाउन सकिन्छ भन्ने ध्यानमा परिषद् रहेको छ । परिषद्ले कतिपय खेलाडीलाई बैदेशिक प्रशिक्षणमा पठाएको छ । जसमा महिला भलिबल थाइल्याण्ड, फेन्सिङ थाइल्याण्ड, तेक्वान्दो चीन र मलेसियामा रहेका छन । केहि खेलका खेलाडीका लागि प्रशिक्षणमा नेपालमा नै विदेशी प्रशिक्षक बोलाएको छ ।

डिसेम्बरको दोस्रो साता नेपालमा हुने सागका लागि धमाधम तयारी भइरहेको छ । तर अझैपनि मुख्य चुनौती पुर्वाधारको नै रहेको छ । त्यसमा पनि दशरथ रंगशाला बन्छ की बन्दैन भन्नेमा अझै शंका कायमै रहेको छ ।

सागका लागि उपसमितीले भित्रीरुपमा आफ्नो काम सुरु गरिसकेको जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey