एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि दाेस्राे चरणमा साफ खेलेका धेरै खेलाडी बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०९
  • |
  • 193 पटक हेरिएको

एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि नेपाली युवा टिम यतिबेला तयारीमा ब्यस्त छ । तिहारका बेला पनि तयारीमा रहेको यू–१९ टिमबाट दोस्रो चरणमा २७ खेलाडी छनोट भएका छन ।

मुख्य प्रशिक्षक मेघराज केसीले छनोट गरेका टिममा यसपटक साफ यू–१८ खेलेका धेरै खेलाडी दोस्रो चरणमा परेका छैनन् ।

करिव २० दिनको प्रशिक्षणपछि प्रतियोगिताका लागि जाने नेपाली यू–१९ टिमको दोस्रो चरणमा विकाश खवास, योगेश गुरुङ, असिम गुरुङ, दिनेश हेन्जन, निराजन महर्जन, अनिल महर्जन, राजीव लोप्चन, रेजिन सुब्बा र दिनेश आलेमगर पहिलो पटक टिममा परेको प्रशिक्षक केसीले बताएका छन ।

साफ खेलेको टिमबाट सचु गुरुङ, एन्जल महर्जन, रोशन रानामगर दोस्रो चरणमा स्थान बनाउन सकेनन् ।

लामो समयपनि उमेर समुहको टिम हेरिरहेका केसीका लागि पनि यो प्रतियोगिता आफुलाई प्रमाणित गर्ने अवसरका रुपमा रहेको छ ।

च्याम्पियनसिपको छनोटमा नेपाल समुह डी मा रहेको छ । नेपाल रहेको समुहमा बलियो टिम इरान, यूएई र किर्गिस्तान रहेका छन । जसमा नेपालले पहिलो खेल नोभेम्बर ६ तारिखमा यूएई विरुद्ध खेल्नेछ ।

दोस्रो चरणमा छनोट भएका खेलाडीको सूची

गोलकिपरः पुजन होना, सूर्य अधिकारी, रोहित कार्की, विशाल सुनार

डिफेन्डर, विशाल बस्नेत, निराजन महर्जन, योगेश गुरुङ, विकाश खवास, रोशन दोङ, असिम गुरुङ, पदम भट्टराई, रन्दिप पौडेल, नविन गुरुङ

मिडफिल्डरः दिनेश हेम्जन, अनिल महर्जन, दर्शन गुरुङ, शिशिर लेखी, आकाश बुढामगर, जय गुरुङ, मनिश थापा, नितिन थापा, रञ्जन पुन

फरवार्डः दिपेश आलेमगर, रेजित शुब्बा, राजीव लोप्चन, मनिष डाँगी, ब्रिजेश चौधरी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey