डिभिजन-२ खेल्न जान लागेका खेलाडीमाथि खेलकुद मन्त्री आक्रोशित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 277 पटक हेरिएको

माघ १२, काठमाडौं । आगामी फेब्रुअरी ८ देखि नामिवियामा हुने विश्व क्रिकेट लिग डिभिजन-२ का लागि नेपाली टोली शनिबार अभ्यासका लागि युएर्इ जाँदै छ । त्यसका लागि शुक्रबार मन्त्रालयले गरेको विदार्इका क्रममा कप्तान पारस खड्का र खेलाडीले अपमान भएको छ ।

आफ्नो कार्यतालिका व्यस्त भएकाले मन्त्री राजेन्द्र कुमार केसीले खेलाडीलार्इ बिदार्इ गर्नका लागि मन्त्रालयमा नै बोलाएका थिए । तर मन्त्रालयले सिंहदरवार गेटमा समन्वय नगर्दा खेलाडीले लामो समय कुर्नु परेको थियो ।

सिंहदरवारमा प्रवेश गर्नका लागि कर्मचारी बाहेक अन्यको नाम टिपाउनु पर्ने हुन्छ । त्यस प्रकृयामा मन्त्रालयका कर्मचारीका कमजोरीका कारण प्रहरीले कप्तान पारस सहित सबै खेलाडीलार्इ गेटमै रोकेका थिए ।

कप्तान पारस खड्काले प्रशिक्षक जगत टमाटालार्इ फोन गरेर आफ्नो नाम नभएको जानकारी गराएका थिए । त्यसपछि प्रशिक्षक टमाटाले मन्त्रालयका कर्मचारीलार्इ अवगत गराएपछि बल्ल नेपाली टिमले सिंहदरवार प्रवेश पाएको थियो ।

बुझ्नमा आए अनुशार बिदार्इका क्रममा बोल्दै कप्तान पारसले यस घटनाप्रति असन्तुष्टी ब्यक्त गरेका थिए । यही विषयमा मन्त्री केसी कप्तानसँग नै रुष्ट प्रस्तुत भएका थिए । विदार्इ पछि मन्त्री केसीले प्रशिक्षक टमाटालार्इ बोलाएर उल्टो रिसाउने भनेका थिए ।

मन्त्री केसीले गरेको सो व्यवहार प्रति खेलाडीले दुख ब्यक्त गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey