‘बल टेम्परिङ’ मा परेका वार्नरले भने अब क्रिकेटमा फर्किन्न !

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१७
  • |
  • 167 पटक हेरिएको

चैत्र १७ । दक्षिण अफ्रिका विरुद्धको खेलमा बल टेम्परिङका कारण एक बर्षको प्रतिबन्धमा परेका डेविड वार्नरले भावुक हुँदै माफि मागेका छन ।

दक्षिण अफ्रिकाबाट सिड्नी पुगेको दोस्रो दिन उनले पत्रकार सम्मेलनको आयोजना गर्दै केप टाउन भएको घटनाले जुन अवस्था अष्ट्रेलियन क्रिकेट खेलाडीलाई पर्यो त्यसले आफु निकै तनावमा भएको र अब कहिले पनि अष्ट्रेलियन क्रिकेटबाट नखेल्ने गरि राजिनामा दिएको बताए ।

पत्रकार सम्मेलनमा विज्ञेप्ती पढ्दा पढ्दै उनको आखामा दुःखको आशु बरबर झरेको थियो । उनले आफु निकै लज्जा महसुस गरिरहेको र क्रिकेट टिमका साथीहरुसँग सहयोगि ब्यक्ति, अष्ट्रेलियन र दक्षिण अफ्रिकी समर्थकलाई माफि माग्न चाहेको बताए ।

पत्रकार सम्मेलनमा पत्रकारले बल टेम्परिङमा तपाईको मुख्य योजना थियो भन्ने छ नी भन्दा वार्नरले यो प्रश्नको जवाफ दिन चाहेनन । टेष्ट टिमका उपकप्तान वार्नरलाई अष्ट्रेलियन क्रिकेटले एक बर्षको प्रतिबन्ध लगाएको छ । साथै उनले इन्डियन प्रिमियर लिग पनि खेल्न नपाउने पक्का भइसकेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal