थाइल्याण्डमा नेपाली महिला भलिबल टिमद्वारा जापानकाे जुनीयर टिम पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०७
  • |
  • 169 पटक हेरिएको

आसन्न दक्षिण एशियाली खेलकुद साग र बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली महिला टिमले चौथो मैत्रीपुर्ण खेलमा जित निकालेको छ । आज भएको खेलमा नेपालले जापानको जुनीयर टिमलाई पराजित गर्यो ।

थाइल्याण्डको बैंककमा भएको खेलमा नेपालले जापानको यू–२३ टिमसँग तीन एकको सेटमा विजयी भयो ।

नेपाली महिला टिमले जापानको जुनीयर टिमलाई २५–१५, २०–२५, २५–१६ र २५–११ को स्कोरमा हरायो । नेपालका लागि सरस्वती चौधरीले उत्कृष्ट प्रदर्शन गरिन ।

पहिलाे सेट २५–१५ ले जितेकाे नेपाली टिमले दाेस्राे सेट भने २०–२५ ले गुमाउन पुगेकाे थियाे । तेस्राे सेटमा कमब्याक गरेकाे नेपालले २५–१६ जित्न सफल भयाे । चाैथाे सेटमा झन उत्कृष्ट प्रदर्शन गरेकाे नेपाली महिला भलिबल टिमले  २५–११ जित्न सफल भयाे ।

सात वटा मैत्रीपुर्ण खेलका लागि थाइल्याण्ड पुगेकाे महिला टिमलेस खेलका चार खेलमा तीनमा जित र एक हार ब्यहाेरेकाे छ । उसले थाइल्याण्डकाे यू-२३ टिमसँग हार ब्यहाेरेकाे थियाे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal