इङल्याण्डका पूर्व कप्तान ‘रे’ को अवस्था गम्भिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१७
  • |
  • 164 पटक हेरिएको

चैत्र १७ । इङल्याण्ड फुटबल टिमका पूर्व कप्तान रे विलकिन्सको स्वास्थ्य अवस्था गम्भिर भएको छ ।

रेको अवस्था क्रिटिकल भएपछि उनलाई लण्डन स्थित सेन्ट जर्ज हस्पिटलमा भर्ना गरिएको छ ।

इङल्याण्डको जर्सिमा ८४ वटा क्याप जितेका रे का बारेमा उनको परिवारले अवस्था एकदमै नाजुक भएको बताएको छ ।

६१ बर्षे रे ले म्यानचेस्टर युनाईटेडका साथै एसी मिलान, रेञ्जर्स र क्युपिआरबाट खेलेका थिए । उनले म्यानचेस्टर युनाईटेडबाट खेल्दा क्लवले १९८३ मा एफ ए कपको उपाधि जितेको थियो ।

यस्तै स्कटिस लिगको उपाधि रेञ्जर्सले जित्दा १९८९ मा उनि क्लवमा थिए । राष्ट्रिय टिमबाट ८४ खेल खेल्दा कप्तानका रुपमा उनले १० खेल खेलेका थिए ।

उनी २००८ देखि २०१० सम्म चेल्सीको सहायक प्रशिक्षकका रुपमा रहेका थिए । सो बेला उनिसँगै गुस हिडिङ्क र कार्लो एन्सेलोटी क्लवका प्रशिक्षक दिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey