महिला भलिबल टिमले जापानी टिमसँग अभ्यास खेल खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०७
  • |
  • 167 पटक हेरिएको

आसन्न दक्षिण एसियाली खेलकुद साग र बंगलादेशमा हुने सेन्ट्रल जोन महिला भलिबलको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले आज आफ्नो चौथो खेल खेल्दैछ ।

थाइल्याण्डको बैंककमा नेपालले जापानको यू–२३ टिमसँग खेल्दैछ । यो खेल विहान १० बजे हुनेछ । नेपालले थाइल्याण्डमा सात वटा मैत्रीपुर्ण खेलका लागि गएको हो । जसमा नेपालले अहिलेसम्म तीन वटा खेल खेलेको छ ।

नेपालले खेलका तीन खेलमा दुईमा जित र एकमा पराजित भएको छ । सुरुवाती दुई खेलमा जित निकालेको नेपाल थाइल्याण्डको २३ बर्ष मुनीको टिमसँग भने हार्न पुगेको थियो । नेपालले पहिलो खेलमा युनिभर्सिटी टिमसँग तीन शुन्यको सोझो सेटमा जित निकालेको थियो भने दोस्रो खेलमा बैंकक युनिमर्सिटीलाई हराएको थियो ।

तर तेस्रो खेलमा बैंकको २३ बर्ष मुनीको टिमसँग नेपाली महिला टिम हारेको थियो । यो टुरपछि नेपाली महिला टिम बंगलादेशमा हुने एभिसी सेन्ट्रल जोन महिला भलिबलमा सहभागिता जनाउनेछ । त्यसपछि नेपालले घरेलु मैदानमा हुने साग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal