५ बर्षमा क्रिकेट पुर्वाधारकाे काँचुली फेरेकाे ओमान, गरे सकिदाे रहेछ !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०६
  • |
  • 368 पटक हेरिएको

कुनैपनि देशको खेलकुदको विकाशमा सबै भन्दा ठुलो पक्ष पूर्वाधार हुन्छ । यदि खेलाडीले राम्रो पूर्वाधारमा अभ्यास गर्न पाएमा त्यो पनि नियमित रुपमा, त्यसको असर खेलाडी र पुरै टिममा पर्ने गर्छ । अझ भनाै खेलाडीको प्रदर्शनको प्रत्यक्ष असर उनीहरुको तयारीले पर्छ, त्यो तयारी पुर्वाधार विना हुन सक्दैन ।

जव सबै कुराले भरिपुर्ण पुर्वाधार छन र खेलाडीले १२ महिना नै प्रशिक्षण पाएभने सुनमा सुगन्ध हुन्छ । त्यसमा पनि क्रिकेटमा त झन खेलाडीको प्रशिक्षणका लागि अलि बढि नै पुर्वाधारको खाँचो पर्छ । यस्तैमा पछिल्लो पटक एसोसियट क्रिकेटमा सबैभन्दा सम्पन्न पुर्वाधार भएको देशमा परेको छ ओमान । दुई बर्ष अगाडीसम्म रातो माटोको मैदानमा प्रशिक्षण र प्रतियोगिता खेल्दै आएको ओमानले दुई बर्ष अगाडीबाट सुविधा सम्पन्न क्रिकेट पुर्वाधार पाएको छ ।

हेराै भिडियाे रिपाेर्ट


एसोसियट देशहरुमा रहेका क्रिकेट पुर्वाधारहरुमा यतिबेला ओमान सबै भन्दा अगाडी रहेको छ । युएईमा पनि यस्तो पुर्वाधार भएपनि त्यो आइसीसीले फन्डिङ गरेकोले बनेको हो । तर ओमानमा सरकारी सहयोग, र निजी क्षेत्रको सहयोग लोभ लाग्दो क्रिकेट पुर्वाधार तयार गरिएको छ ।

बालुवा र ढुंगासहितको माटोमा हरीयो दुबो रोप्न पक्कैपनि सजिलो हुन्न, त्यसलाई बनाउन, त्यसलाई स्याहार्न त्यो भन्दा धेरै मेहेनत लाग्छ ।
करिव ६ बर्ष अगाडी ओमानमा क्रिकेटको पुर्वाधारको नाममा रातो माटो भएको मैदान थियो, त्यो पनि निजी । त्यति बेला सरकारले पनि फुटबल, हक्की जस्ता खेललाई बढि प्राथमितामा राखेको थियो । त्यति बेला ओमान क्रिकेटसंग मैदान बनाउनका लागि आफ्नै जग्गापनि थिएन ।

२०१३ मा नेपालसँग बर्मुडामा आइसीसी विश्व क्रिकेट लिग डिभिजन तीन खेलेको ओमान, त्यसपछि झरेर डिभिजन ५ सम्म पुग्यो । यता ओमान क्रिकेटलाई २०११ मा सरकारले मैदान निर्माण गर्नका लागि जग्गा उपलब्ध गरायो । तर खालि बालुवासहितको जग्गामा हरीयो मैदान बनाउन त्यति सजिलो भने थिए । सरकारको केहि लगानी, र प्राइभेट सेक्टरको अनुदानमा काम सुरु भयो । पहिलो चरणमा एउटा मैदान बनाउने काम भयो । त्यो बेला मैदानमा घाँस उम्रिने खालको माटो नै एक हजार टन माटो हालिएको थियो । चरणबद्ध रुपमा भएको ओमान क्रिकेटले अहिले यतिराम्रो पुर्वाधार बनाएको छ, हेर्दापनि सुन्दर र लोभलाग्दो ।

एक अर्व डलर लगात रहेको ओमान क्रिकेट एकेडेमीमा दुई वटा सुविधासम्पन्न मैदान छन । अझ भनौ, खेलाडीलाई एकेडेमीमा पुरै सविधासम्पन्न पुर्वाधार रहेका छन ।

एकेडेमीको भवनमा खेलाडीको चेन्जिङ रुमका साथै संघको अफिस रहेको छ । सोहि भवनमा भित्र सात वटा फुललेन्थ पिचहरु रहेका छन । जसमा एउटा बिब्रगतिको बलरले रनअप लिएरपनि बल फाल्न सक्नेछ । इन्डोर प्रशिक्षमा हार्ड र टर्फ विकेट समावेश गरिएको छ । यसलाई अष्ट्रेलियन कम्पनीले बनाएको हो ।

यतिमात्र होइन आउटडोर नेटमा पाँच वटा पिच रहेका छन । जसमा दिउसो मात्र होइन रातिपनि प्रशिक्षण गर्न सकिनेछ । खेलाडीका लागि जिम, लगायतका अन्य सुविधाहरु त सामान्य नै भइहाल्यो ।

ओमान क्रिकेटमा पछिल्लो केहि दशकदेखि नेतृत्व गरिरहेका खिल्जीको भिजन, उनको योजना र लगानीले यतिबेला पुर्वाधारका हिसावले ओमान क्रिकेट निकै माथि रहेको छ ।

सुरुवातमा ट्यांकरमा पानी ल्याएर हाल्ने गरिन्थ्यो, तर पछिल्लो एक बर्षदेखि मैदानमा नै पानी सप्लाई भएको छ, जसले गर्दा मैदानमा पानीको समस्यापनि हटेको छ ।

यस्तै लाखौं डलर खर्च गरेर ओमान क्रिकेटले पहिलो मैदानमा रातिपनि खेल्न मिल्ने फ्लर्डलाईट जडान गरेको छ । शहर भन्दा टाढा रहेको ओमान क्रिकेटको यो पुर्वाधार दुई बर्ष अगाडीमात्र उद्घाटन गरिएको हो । ओमान क्रिकेट एकेडेमीमा परिचित सबै पुर्वाधार तयार भएपनि त्यसको प्रत्यक्ष असर यतिबेला ओमानको घरेलु संरचना र राष्ट्रिय टिमको नतिजामा परेको छ ।

हाल ओमान विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यतिमात्र होई घरेलु प्रतियोगितापनि एकपछि अर्को रुपमा भइरहेको छ ।
ओमानको यो पुर्वाधार हेरेर नेपालमा कहिले यस्तै बन्ला र खेलाडीले गुनासो गर्न छोड्लान, अझै भन्न कठिन छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal