कराँते खेलाडी नेदरल्याण्ड्स र जर्मनीतर्फ

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१६
  • |
  • 403 पटक हेरिएको
चैत्र १६ । नेडरल्यान्डको एम्सटर्डम र जर्मनीको हालेसालेमा हुने दुई भिन्नाभिन्नै अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा पर्शुराम बाँस्तोला र डिगम्बरप्रसाद पन्तले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि उनीहरु शुक्रबारै प्रस्थान गरेका छन् ।
 
उनीहरुले पहिले मार्च ३१ देखि अप्रिल १ तारिखसम्म नेडरल्यान्डमा हुने दोश्रो एम्सटर्डम खुला कराते प्रतियोगितामा भाग लिने छन् ।
 
त्यसपछि उनीहरु अरावाजा कराते कपमा सहभागी हुन जर्मनी जाने कार्यक्रम छ । उक्त प्रतियोगिता अप्रिल ६ र ७ तारिखमा हुनेछ ।
 
दुवै प्रतियोगितामा पर्शुरामले पुरुष एकल काता र डिगम्बरले पुरुष ८४ केजीमाथि प्रतिस्पर्धा गर्नेछन् ।
 
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey