नेपालले तेस्राे मैत्रीपुर्ण खेल आज खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०५
  • |
  • 226 पटक हेरिएको

आसन्न दक्षिण् एशियाली खेलकुद साग र बंगलादेशमा हुने एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको तयारीका लागि थाइल्याण्डमा रहेको नेपाली महिला टिमले आज तेस्रो मैत्रीपुर्ण खेलमा खेल्दैछ ।

थाइल्याण्डको बैंककमा नेपाली महिला टिमले भोली थाइल्याण्डको यू–२३ टिमसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि खेलका दुबै खेलमा जित निकालेको नेपाली महिला टिमले आज थाइल्याण्डको युथ टिमसँग साँझ चार बजे खेल्दैछ ।

नेपालले यसअघि युनिभर्सिटी टिमसँग र बैकक युनिभर्सिटी टिम विरुद्ध जित निकालेको थियो । थाइल्याण्डको क्लव स्तरमा टप टेनमा पर्ने टिमलाई नेपाली महिला टिमले पहिलाे खेलमा २५–१५, २२–२५, २५–१६ र २५–१९ को सेटमा हरायो । यस्तै बैंकक युनिभर्सिटीको यू-२३ टिमलाई ३-१ को सेटमा हराएको हो । नेपालले युनिभर्सिटी टिमलाई २५-२१, २४-२६, २५-१६ र २५-१९ को सेटमा पराजित गर्यो ।

थाइल्याण्डको मैत्रीपूर्ण खेल र प्रशिक्षणपछि नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । जुन बंगलादेशमा हुनेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey