डीपीएल विजेताले पाउनेछन् १२ केजीकाे ट्रफी !

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१६
  • |
  • 350 पटक हेरिएको

चैत्र १६, कैलाली । धनगढी प्रिमियर लिगको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ ।

धनगढी स्थित संघीय ईकाई प्रहरी कार्यालयमा विषेश कार्यक्रमको आयोजना गर्दै डीपीएल दोस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको हो ।

ट्रफी सार्वजनिक कार्यक्रममा ६ वटै टिमका कप्तानको उपस्थिति रहेको थियो । साविक विजेता टिम चौराहा धनगढीका कप्तान सोमपाल कामी, विराटनगर किङ्सका पारस खड्का, सिवाइसी अत्तरियाका सुवास खकुरेल, महेन्द्रनगर युनाइटेडका विनोद भन्डारी , काठमान्डौ गोल्डेन्सका ज्ञानेन्द्र मल्ल र रुपन्देही च्यालेन्जर्सका शक्ति गौचन तथा धनगढी क्रिकेट एकेडेमकिा अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए ।

ट्रफी भारतमा बनाइएको हो । ट्रफीको तौल १२ केजी रहेको छ । गत सस्करणमा यहि ट्रफी टिम चौराहाले उचालेको थियो ।

६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले २५ लाख र उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । यस्तै मोस्ट भ्यालुएवल प्लेयरले गोल्डेन बुट र म्यान अफ द सिरिजलाइ मोटरसाइकल पुरस्कार राखिएको छ । डीपीएलका लागि सवै टिम र अफिसियल धनगढी पुगिसकेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey