पाँच खेलाडी आईओएफटीसीका लागि छनोट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०३
  • |
  • 233 पटक हेरिएको

तेश्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताबाट पाँच खेलाडी अमेरिकाको मिसिगनमा सन् २०२० को मेमा हुने अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् ।

रत्ननगर, सरित सौरहा, न्यु स्टार, सौरहा, पिठुवा र इच्छाकामना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताबाट सीतापाइला तेक्वान्दो डोजाङबाट ३ तथा कोटेश्वर र मैत्री तेक्वान्दो डोजाङबाट १–१ गरी ५ खेलाडी छनोट भएका हुन् । त्यसमा पुरुष ३ र महिला २ छन् ।

पुरुषमा सीतापाइलाका सैलेशराज गिरी, कोटेश्वरका रन्जित साउद र मैत्रीका दिनेश सुनार छनोट भए । महिलामा आयशा तामाङ तथा सुस्मिता मोक्तान छन् । दुवै सीतापाइलाका हुन् । छनोटसंगै पाँचै खेलाडीले समान १–१ लाख नगद पुरस्कार पनि पाए ।

आईओएफटीसी र मैत्री तेक्वान्दो डोजाङको सहयोगमा चितवनको रत्ननगरमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका विवेक केसी तथा महिलामा सरित सौरहाकी स्नेहा परियार उत्कृष्ट खेलाडी घोषित भए । पुम्सेमा भ्याली डिभिजनकी रोशनी श्रेष्ठ उत्कृष्ट खेलाडी बनिन् । गोविन्द सापकोटा उत्कृष्ट निर्णायक तथा भैरहवाका कोसिश खड्का अनुशासित प्रशिक्षक चुनिए । इच्छा मनकामनाले उत्कृष्ट सहभागिताको पुरस्कार पायो । सबै ६ विधाका उत्कृष्टले समान २५–२५ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई रत्ननगर नगरपालिकाकी उप मेयर विमला दवाडी, आईओएफटीसीका निर्देशक दिवाकर महर्जन, लव गोर्खाली, आयोजक रत्ननगर तेक्वान्दो डोजाङका अध्यक्ष एवं प्रतियोगिता संयोजक पुष्पराज जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा विभिन्न ५४ स्पर्धामा ७ सय बढी खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey