राखेप सदस्यमा दावा गुरुङ मनोनित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१२
  • |
  • 461 पटक हेरिएको

माघ १२, काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष धावा गुरुङ (दावा) राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा नियुक्त भएका छन् ।

राखेपको खेलकुद विकास ऐन २०४८ को दफा ३ उपदफा २ (घ) अनुसार मनाङका गुरुङलाई बिहीबारदेखि लागू हुने गरी सदस्यमा नियुक्त गरिएको हो ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले शुक्रबार गुरुङलाई पत्र हस्तान्तरण गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

गुरुङ यसअघि पनि राखेपको सदस्य भइसकेका छन् ।

राखेपका कोषाध्यक्ष सुरेन्द्र बहादुर हमाल प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि रिक्त रहेको स्थानमा सदस्यका रुपमा दावालाई मनोनित गरिएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey