थाइल्याण्डमा महिला भलिबलको लगातार दोस्रो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०३
  • |
  • 221 पटक हेरिएको

थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले लगातार दोस्रो जित निकालेको छ । 

नेपालले थाइल्याण्डको बैंकक युनिभर्सिटीको यू-२३ टिमलाई ३-१ को सेटमा हराएको हो ।

नेपालले युनिभर्सिटी टिमलाई २५-२१, २४-२६, २५-१६ र २५-१९ को सेटमा पराजित गर्यो ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टिमको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले शुक्रबार स्थानीय टिम जरानसानिवोङलाई ३-१ को सेटमा हराएको थियो ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारी गर्न नेपाली टिम थाइल्याण्ड गएको हो । थाईल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey