नेपाली महिला भलिबल टिमले दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०३
  • |
  • 309 पटक हेरिएको

काठमाडौं, ३ कात्तिक । नेपाली राष्ट्रिय महिला भलिबल टिमले आज बैंकक युनिभर्सिटी टिमसँग मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै छ ।

आसन्न एभीसी सेन्ट्रल जोन र १३ औं सागको तयारीका लागि वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्डमा रहेको नेपाली टिमले बैंकक युनिभर्सिटीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह सवा ४ बजेदेखि शुरु हुने छ ।

शुक्रबार भएको खेलमा नेपाल ३–१ को सेटमा विजयी भएको थियो । थाइल्याण्डको क्लव स्तरमा टप टेनमा पर्ने टिमलाई नेपाली महिला टिमले २५–१५, २२–२५, २५–१६ र २५–१९ को सेटमा हराएको थियो ।

सन् १९९९ पछि बैदेशीक प्रशिक्षणमा गएको नेपाली महिला टिमलाई यो टुरले राम्रो एक्पोजर पाउने मौका रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey