डव्ल्यूसीएल : विराटनगरकाे पहिलाे हार काठमाडाै‌ं ५३ रनले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०२
  • |
  • 324 पटक हेरिएको

काठमाडौं, २ कार्तिक । वुम्सन च्याम्पिन्यस लिग क्रिकेटमा क्याट क्वीन्स काठमाडौंलले दाेस्रो जीत निकालेको छ । काठमाडौंले विराटनगरलाई ५३ रनले पराजित गरेको हो । विराटनगरको यो पहिलो हार हो ।

काठमाडौंले दिएको १४० रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित ओभरमा ५ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो ।
विराटनगरका लागि लक्ष्मी चौधरीले सर्वाधिक ४० रन बनाउँदा डली भट्टले १३ रन बनाएकी थिइन् ।
काठमाडौंकी सुमन विष्टले २ विकेट लिँदा रुविना क्षेत्री र ईश्वरी विष्टले एक एक विकेट लिइन् ।

टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा २ विकेट गुमाएर १३९ रन बनाएको थियो । काठमाडौंका लागि रोमा थापाले अर्धशतक पुरा गरिन् ।

जारी प्रतियोगितामा अर्धशतक बनाउने रोमा छैटौं खेलाडी बनिन् । रोमाले आज नट आउट ५३ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले नट आउट ३५ रनको योगदान गरिन् ।

यसैगरी रश्मी चौलागाईले ३४ रन जोडेकी थिइन् । विराटनगरकी डली भट्टले एक विकेट लिइन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal