फ्लडलाइटमा खेलाइने विराट गोल्डकपको तयारी पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१६
  • |
  • 360 पटक हेरिएको

चैत १६, मोरङ । मोफसलमै पहिलो पटक फ्लडलाइटमा खेलाउन लागिएको विराट गोल्डकप फुटबलको तयारी पूरा भएको छ ।

नेपालकै पुरानो फुटबल प्रतियोगितामध्येको एक मानिने विराट गोल्डकपको यो परिवर्तित ३२औं संस्करण हो । प्रतियोगिता २०१८ सालदेखि सुरु भएको हो ।

‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नारा सहित डे–नाईट फुटबल प्रतियोगिता शनिवारदेखि हुँदैछ ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी १० टिमको सहभागिता रहेको छ । नेपालका नेपालका मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्रीस्टार, नेपाल पुलिस क्वल, नेपाल आर्मी क्लब, संकटा क्लब, झापा–११ र मोरङ–११ र नेपाल बाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको मोहम्डन स्पोर्टिङ क्लब कलकत्ताले प्रतियोगिता खेल्नेछन् ।

प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछछन् ।

३६ हजार वाट क्षमताको फ्लडलाइट

प्रतियोगिताको लागि विराटनगरको शहीद रंगशालामा ३६ हजार वाट क्षमताको फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिता चैत १७ शनिवार देखि २६ गते सम्म हुँदैछ ।

प्रतियोगिता आयोजक समितिका संयोजक नवीन रिजालले रात्रिकालीन प्रतियोगिताका लागि आवश्यक पर्ने लाइट जडान गरेर त्यसको प्रकाश (फक्स) मिलाउने काम भइरहेको जानकारी दिए । छ वटा पोलमा लाइट जडान गरिएका छन् । प्रत्येक पोलमा २० वटा वत्ती छन् ।

फ्डलाइट जडानका लागि कोलकाताबाट प्राविधिक टोली झिकाइएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey