Prabhu Bank

पाेन्टिङले गरे सन्दिपको प्रशंसा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१६
  • |
  • 6 पटक हेरिएको

चैत्र १६ । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने यतिबेला इन्डियन प्रिमियरको बन्द प्रशिक्षणका लागि दिल्लीमा रहेका छन ।

युवा लेग स्पिनर सन्दिप दिल्ली पुगेपछि उनका बारेमा दिल्ली डेयरडेभिल्सले विभिन्न ट्विट्सहरु गर्दै आएको छ ।

यसैविचमा दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले पनि सन्दिपका बारेमा प्रशंसा गरेका छन । पोन्टिङले सन्दिपमा धेरै प्रतिभा रहेको बताउँदै उनि साच्चिकै राम्रा खेलाडी रहेको बताएका छन ।

दिल्लीको बन्द प्रशिक्षणमा हिजोमात्र सामेल भएका पोन्टिङले सन्दिपको बलिङलाई नजिकबाट नियालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

आईपिएलमा सन्दिपले खेल्न पाउछन की पाउँदैनन भन्ने कोतुहलता बढीरहेका बेला पोन्टिङको भनाईले उनि प्लेइङ ११ मा पर्नसक्ने संकेत देखिएको छ ।

यता सन्दिपले दिल्ली पुगेपछि सिनियर स्पिनर अमित मिश्राको बारेमा बारम्बार तारिफयोग्य भनाई राख्दै आएका छन ।

अप्रील ७ तारिखदेखि सुरु हुने आइपिएलका लागि दिल्ली यतिबेला फिरोज शाह कोट्ला मैदानमा बन्द प्रशिक्षणमा रहेको छ । जुन उसको होम ग्राउण्ड पनि हो ।

भर्खरै

Advertisement