Prabhu Bank

अजरेन्कालाई हराउँदै स्लोनी मियामी ओपनको फाइनलमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१६
  • |
  • 2 पटक हेरिएको

चैत्र १६ । पुर्व विश्व नम्वर एक भिक्टोरीया अजरेन्कालाई हराउँदै अमेरीकी खेलाडी स्लोनी स्टेफेन्स मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन ।

युएस ओपन च्याम्पियन स्लोनी स्टेफेन्सले उत्कृष्ट कमब्याक गर्दै अजरेन्कालाई पराजित गरिन ।

हाल १३ औ बरियतामा रहेकी स्लोनीले बेलारुसी खेलाडी अजरेन्कालाई ३–६, ६–२ र ६–१ को सेटमा पराजित गरीन ।

तीन पटककी मियामी ओपन विजेता अजरेन्काले पहिलो सेट सहज रुपमा जितेपछि दोस्रो र तेस्रो सेटमा भने राम्रो खेल्न सकिनन ।

जसका कारण हाल एक सय आठौं बरियतामा रहेकी अजरेन्का प्रतियोगिताबाट बाहिरीइन ।

भर्खरै

Advertisement