रसियामा हुने विश्वकपमा बेलायती रेफ्री नहुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१६
  • |
  • 180 पटक हेरिएको

चैत्र १६ । रसियामा हुने विश्वकप फुटबलमा यसपटक बेलायती रेफ्रिले खेलाउन नपाउने भएका छन । जुन विश्वकप फुटबल इतिहासमा ८० बर्षपछि पहिलो पटक बेलायती रेफ्रिले खेलाउन नपाउने भएका हुन ।

फिफाले रसियामा हुँने विश्वकपका लागि ३६ अफिसियल छनोट गरेकोमा इग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डबाट एकपनि अफिसियल परेनन ।

जुन सन् १९३८ को विश्वकप पछि पहिलो पटक भएको हो । २०१६ को युरोकपको फाइनल खेलाएका मार्क क्लाटेनबर्गलाई अन्तिममा विश्वकपका लागि छानेको भएपछि उनले आफनो पदबाट राजिनामा दिइसकेकाले सो सुचीमा पर्न सकेनन् ।

उनको स्थानमा अर्को ब्यक्तिलाई राख्न इग्लिस फुटबल संघले फिफालाई अनुरोध गरेपनि त्यो अस्विकार गरिएको थियो । यस्तै फिफाले छनोट गरेको ६३ वटा सहायक रेफ्रिमा पनि बेलायतबाट कोहि पनि पर्न सकेनन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey