डिपिएलको तयारी पुरा, नयाँ खेलाडी उत्पादनको थलो बन्ने पारसको भनाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 168 पटक हेरिएको

चैत्र १५, धनगढी । चैत १७ गतेदेखि धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । ‘मैदान ‘फिनिसिङ’को केही कामबाहेक सम्पूर्ण तयारी पूरा भइसकेको एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए ।

उनले यो वर्षको प्रतियोगितामा हरेक टिममा दुई/दुईजना विदेशी खेलाडी समावेश रहेको जनाउँदै प्रतियोगिताको प्रत्यक्ष प्रशारणलगायतमा केही नयाँ प्रयास गरिएको जानकारी दिए ।

प्रदेश नम्बर–७ संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा आयोजना हुने प्रतियोगिता खेल्नका लागि खेलाडीहरु धनगढी आइसकेका छन् ।

डीपीएल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)लेसमेत मान्यता प्रदान गरेकाले यो प्रतियोगितामार्फत् धनगढीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने शाहीले उल्लेख गरे ।

आयोजकले शुक्रबार सबै टिम र खेलाडीहरुको उपस्थितिमा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्ने जनाएको छ ।

डीपीएलमा ६ टिम महेन्द्रनगर युनाइटेड, टिम चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन र विराटनगर किंग्सले सहभागिता जनाउँदैछन् ।

प्रतियोगिताको विजेता टिमले नगद २५ लाख, उपविजेताले १० लाख, तेस्रो र चौथो स्थान प्राप्त गर्ने टिमले क्रमशः तीन र दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एउटा सुनको जुत्ता र ‘प्लेयर अफ द सिरिज’लाई एकथान मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

पारसले के भने ?

नेपालले एकदिवसीय मान्यता पाएपछि धनगढी प्रिमियर लिग (डिपिएल) खेल्न कप्तान पारस खड्का धनगढी पुगेका छन्। विराटनगर किङसका रणनैतिक खेलाडी समेत रहेका पारसले डिपिएल नयाँ राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो वनेको वताउनुभयो ।

नेपालले क्रिकेट इतिहासमा नै ठूलो सफलता हात पारेपछि पहिलो पटक घरेलु क्रिकेट खेल्नका लागि खड्का धनगढी पुगेका हुन्।

धनगढी पुगेपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै कप्तान खड्काले एकदिवसीय मान्यता पाएपछि पहिलो पटक सर्वाधिक पुरुष्कार राषीको घरेलु क्रिकेटमा सहभागिता जनाउन पाउदा उत्साहित भएको बताए।

पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले मुलुकको क्रिकेटले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएका बेला डीपीएल खेल्न पाउँदा खेलाडीहरु थप उत्साहित भएको बताए ।

क्रिकेटमा लगानीबिना अगाडि बढ्न असम्भव रहेको बताउँदै उनले मुलुकमा हुने ठूला–साना घरेलु प्रतियोगिताले नै क्रिकेटको विकासमा सहयोग गरेको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey