कप्तान पदबाट राजीनामा दिएपछि पारस यसरी खुले…

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२८
  • |
  • 217 पटक हेरिएको

आश्चर्यजनक तरिकाले नेपाली क्रिकेट टिमको कप्तान पदबाट पारस खड्काले राजीनामा दिएका छन् । उनले राजीनामा गर्दा नयाँ निर्वाचित क्यानलाई काम गर्न सजिलो होस भनेर आफूले कप्तान पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । कप्तान पदबाट राजीमा दिएपछि मिडियासँग खड्काले यसरी खुलेर कुरा राखे ।

मैले कप्तानी पद सम्हालेको पनि १० वर्ष भइसकेको छ । म आफै पनि नेपाली क्रिकेटको निलम्बन फुकुवा कहिले हुन्छ भनेर कुरेर बसेको थिए । हिजो मात्रै नेपाल क्रिकेट संघको निलम्बन फुकुवा भएको छ । हिजो मात्रै आईसीबाट सार्वजनिक भएको निर्णयले हामी सबै क्रिकेट समर्थक खेलाडी र नेपाली खेलकुद प्रेमीहरु खुशी भएका छौं । अब नयाँ क्याप्टेन को बन्छ भन्ने कुरामा मेरो वास्ता हुँदैन । म कप्तान हुँदा पनि तपाई क्याप्टेन बन्दै हुनुहुन्छ तयार हुनुस भनेर त्यतिबेला पनि भनिएको थिएन । २००९ मा मलाई क्रिकेट संघले कप्तानको जिम्मेवारी दियो र मैले इमान्दारिता पूर्वक जिम्मेवारीलाई पुरा गर्ने कोशिस गरे ।

अब नेपाली क्रिकेट टिमको कप्तान जो बने पनि नेपाली क्रिकेटको जीत हुनु पर्छ । नेपाली क्रिकेटले अहिलेसम्म जुन उपलब्धि हासिल गरेको छ त्यसमा खेलाडी र प्रशिक्षकको ठूलो भूमिका छ । म कप्तान भएकै कारण नेपाली क्रिकेटले ठूलो उपलब्धि हासिल गरेको पनि होइन र म कप्तानबाट हट्दैमा यो उपलब्धि गुम्छ भन्ने पनि छैन् । यहाँसम्म आइपुग्न सम्पूर्ण खेलाडी र प्रशिक्षकको ठूलो भूमिका छ ।

क्रिकेट भनेको हामी सबैको हो भन्ने सोँचका साथ हामी अगाडी बढौं । आशा छ आगामी दिनमा नेपाल क्रिकेटले अझँ बढी सफलता हासिल गरोस । अबको नेतृत्वले नेपाली क्रिकेटलाई राम्रो बनाउने सोँच लिने हो भने अहिलेको भन्दा अझ राम्रो अवस्थामा नेपाली क्रिकेट पुग्छ भन्नेमा म विश्वस्त छु ।
२००९ देखि यहाँसम्मको यात्रालाई कसरी विश्लेषण गर्ने ?

सबै खेलाडीको साथ र सहयोगका कारण म एकदमै सन्तुष्ट छु । नेपाली क्रिकेट यहाँसम्म आइपुग्नुमा प्रशिक्षकको खेलाडीको ठूलो साथ र सहयोग छ । प्रशिक्षक लुक रोय डासदेखि उमेश पट्वालसम्मलाई धन्यावाद दिन चाहन्छु । तीन जना विदेशी र एक जना स्वदेशी प्रशिक्षक जगत गुरुको ठूलो योगदान छ । हामी सबैको एउटै सोँच थियो जसरी भए पनि नेपाल क्रिकेटलाई माथि पुर्याउने । यो सोँच सबै ठाउँबाट एकमुष्ट रुपमा शक्तिको रुपमा अगाडी बढ्दा हामी यहाँसम्म आइपुग्यौं ।

म कप्तान बन्छु भनेर सपना पनि देखेको थिएन । यू १५, १७, १९ खेल्दै जब राष्ट्रिय टिमबाट खेल्दा समेत कप्तान बन्छु जस्तो लागेको थिएन । तर भाग्यले राष्ट्रिय टिमको नेतृत्व गर्ने मौका पनि पाए । यसप्रति म आभारी छु ।

अब नेपाली क्रिकेटलाई माथि लैजानका लागि खेलाडीको महेनतले मात्रै पुग्दैन । अब आशा गरौं जो जो व्यक्तिहरु जिम्मेवारीका लागि तयार भएर आउनु भएको छ उहाँहरुले आफ्नो जिम्मेवारी पुरा गर्नुहुने छ ।

यस्तो राम्रो प्रदर्शन गरिरहेका बेला किन अलि हतार भएन र कप्तानी छाड्नलाई ?
टिम हारेर वा जितेर मैदानमा घोषणा गर्ने कुरा मैले कहिल्यै पनि सोँचेको थिएन । रिटायर्डमेन्ट त अझै नभनौं । मेरो जिम्मेवारी भनेको जहिले पनि कसरी नेपाललाई जिताउने भन्नेमा नै केन्द्रीत थियो । हामी पनि निलम्बन कहिले फुकुवा हुन्छ भनेर बसेका थियौं । हिजो मात्र निलम्बन फुकुवा भएको छ । हिजो राति पनि मैले मेरा नजिकका मान्छेसँग सल्लाह गरे र अन्त्यमा मैले राजीनामा दिने निर्णय गरेको हुँ । क्रिकेटको बारेमा मैले कसैसँग पनि सम्झौता गर्न सक्दिन ।

मैले सधैं देशका लागि क्रिकेट खेल्ने हो । त्यसैले मैले उपयुक्त समयमा राजीनामा दिएको छु । अहिले क्यानको नयाँ नेतृत्व आएको छ । उहाँहरुसँग नयाँ कप्तान छान्ने जिम्मेवारी पनि रहेको छ । आगामी दिनमा खेलाडीको रुपमा छानिए भने पक्कै पनि नेपालका लागि राम्रो क्रिकेट खेल्ने प्रयास गर्ने छु । मलाई मिडियाले पनि राम्रो साथ दिएका छन् । नेपाली क्रिकेटको वेस भनेको उमेर समूह हो । त्यसलाई राम्रो बनाउँदै हामी गयौं भने टेस्ट नेशनबन्न धेरै समय लाग्दैन ।

क्रिकेट त खेल्नु हुन्छ नी ?

म अझै क्रिकेट खेल्छु । सन्यास लिएको होइन । कप्तान मात्रै छाडेको हो । विगत तीन वर्षदेखि कप्तान, सेलक्टर मेन्टर भएर पनि काम गरे । जसबाट अब मैले ब्रेकमात्र लिएको हो । अहिले क्यानको नेतृत्व आएको छ । अब खेलाडी छनोट समिति बन्छ, प्रशिक्षकहरु आउनुहुन्छ उहाँहरुले निर्णय गरेपछि मेरो भूमिका तय हुन्छ ।

नयाँ नेतृत्वसँग ट्युनिङ नमिलेर हो त ?

मेरो उहाँहरुसँग कुरा पनि भएको छैन । यहाँ निर्वाचन हुने बेला हामी सिंगापुर सिरिजमा व्यस्त थियौं । हामी एउटा व्यक्तिमा नअड्कियौं । अब क्रिकेट संघले खेल र खेलाडीलाई प्राथमिकतामा राख्नु पर्छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal