ब्रिटिस र एस सेमिफाइनलमा

0

चैत १५, काठमाडौं । द ब्रिटिस मोडेल कलेज र एस जेभियर इन्टरनेसनल अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उनीहरुसँगै आयोजक जेभियर इन्टरनेसनल कलेज र सेन्ट जेभियर्स कलेज पनि सेमिफाइनलमा स्थान बनाउन सफल रहे ।

ब्रिटिसले क्वेस्टलाई ५०–३० ले पराजित गर्‍याे । ब्रिटिसका सोनाम लामाले १२ अंक जोडे । एसले एसियनलाई ५३–४७ ले हरायो । एसका लागि आशिष सिंहले १८ स्कोर गरे ।

जेभियरले एपेक्समाथि ४५–२२ को जित दर्ता गर्‍याे । जेभियरका कुन्केनजित थिङ लामाले १२ अंक जोडे ।

मनिष केसीको १४ अंक सहयोगमा सेन्ट जेभियर्सले अक्सब्रिजको यात्रा ४०–३५ ले पूर्णविराम लगायो । सेमिफाइनल जेभियर र एस तथा ब्रिटिस र सेन्ट जेभियर्सबीच हुनेछ ।

Post Add 1025X115
Loading...