संकटा कटारी गोल्डकपको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 268 पटक हेरिएको

चैत्र १५ । संकटा क्लब उदयपुरको कटारीमा जारी कटारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

विहिबार भएको सेमिफाइनलमा गोर्खा ब्वाईज रुपन्देहीलाई ३–० गोल अन्तरले हराउदै संकटाले फाईनलमा प्रवेश गरेको छ ।

संकटाका लागि २९ औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रिकिक मार्फत गोल गरेका थिए ।

पहिलो हाफमा १–० ले अग्रता लिएको संकटाका लागि ८७ औं मिनेटमा नाईजेरियन खेलाडी ईब्राहिम कोउडियाले गोल गर्दै गोल अन्तर २–० मा पुर्याएका थिए ।

त्यसैगरी ९० औं मिनेटमा संकटाका सन्त गुरुङ्गले तेस्रो गोल गरे । रुपन्देहीले पहिलो हाफमा पटक–पटक गोल गर्ने अवसर पाए पनि अवसरको सदुपयोग गर्न सकेन ।

अव उपाधिका लागिसंकटाले शनिबार झापा ११ सँग आमने–सामने गर्नेछ । गोल्डकप विजेताले नगद ५ लाख हात पार्नेछ भने उपविजेताले नगद २ लाख ५१ हजार हात पार्ने आयोजकले जनाएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal