आइसीसी बैठकः नेपालकाे निलम्बन फुकुवा सशर्त !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२७
  • |
  • 368 पटक हेरिएको

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई गरेको निलम्बन फुकुवाको प्रक्रिया अघि बढाउने भएको छ ।

आईसीसीको बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि गरिएको निलम्बन फुकुवाका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

निलम्बन फुकुवा गर्नका लागि आईसीसीले केही शर्तहरु भने अघि सारेको जनाइएको छ । आईसीसीको बोर्ड बैठकमा क्यान निलम्बनबारे गम्भीर छलफल भएको थियो ।

तत्कालिन समयमा भएको अधिवेशनबाट चतुरबहादुर चन्द अध्यक्षमा निर्वाचित भएपछि राष्ट्रिय खेलकुद परिषद् राखेपले उक्त अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता नदिएर नयाँ तदर्थ समिति गठन गरेको थियो । त्यसपछि क्यानमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो ।

निलम्बन फुकुवा गर्नका लागि आईसीसीले आफ्नो रोडम्याप नेपाललाई दिएको थियो । आईसीसीले दिएको रोडम्याप अनुसार विधान संशोधन गरेर जिल्ला, प्रदेश कार्यसमितिका साथै केन्द्रीय कार्यसमितिको निर्वाचन भएको थियो । असोज ११ गते भएको निर्वाचनबाट पनि चन्दनै अध्यक्ष भएर आएका छन् ।

यतिबेला भएको निर्वाचनलाई राखेपले पनि मान्यता दिइसकेको छ भने आईसीसीले पनि स्वागत गरेको थियो । आईसीसीका प्रतिनिधिको निगरानीमा भएको अधिवेशनलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए । निर्वाचनबाट आएको कार्यसमितिले निलम्बन फुकुवा नभएकाले अझैं काम गर्न भने पाएको छैन् ।
आईसीसीले क्यान निम्बनको फुकुवाका लागि आर्थिक पारदर्शीताको कुरोलाई पहिलो प्राथमिकतामा राखेको छ । यसअघि पनि पटक पटक क्यानमा आर्थिक अनियमितता हुने गरेको उजुरी आईसीसीसमक्ष पुग्ने गरेकाले यस पटक यस विषयमा आईसीसीले चासो देखाएको हो । आर्थिक पाटोका साथै क्यानको कार्यालय ब्यवस्थापनको विषयमा पनि आईसीसीले शर्त राखेको छ ।

क्यानको नयाँ कार्यसमिति आए पनि आइसीसीले पुर्ण रुपमा विश्वस्त भएर निलम्बन फुकुवा गर्नुका साटो चरणबद्ध रुपमा आफूले निर्देशन दिएका कामहरु गर्दैगएपछि मात्र संभव हुने भएको छ । केहि समयका लागि आइसीसीले नै आफ्नो मातहतमा रहेर काम गर्न निर्देशन पनि दिन सक्नेछ ।

क्यानको नयाँ निर्वाचन भएपछि तत्कालै उसको कार्यालय सञ्चालनका लागि बजेट छैन, क्यानको खाता फेरी खुलाउन पनि प्रक्रिया अघि बढाउनु पर्नेछ ।

आईसीसीको आधिकारिक निर्णय आइसके पछि यस विषयमा क्यानको निर्वाचित कार्यसमितिले थप छलफल गरेर अघि बढ्ने तयारी गरेको छ । निलम्बन फुकुवा गराउनका लागि पनि क्यानले आईसीसीको आगामी रोडम्याप अनुसार काम गर्नु पर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey