भलिबल संघले ८० लाखकाे सामाग्री पाउँदै, पुरूष टिम भारतमा प्रशिक्षणका लागि जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२६
  • |
  • 326 पटक हेरिएको

विश्व भलिबल महासंघले करीव ८० लाख रुपैयाँ बराबरीमा सामाग्री नेपाललाई सहयोग गर्ने भएको छ । नेपाल भलिबल संघले गरेको प्रपोजल एफआइभीभीले पारित गरेपनि नेपाल भलिबल संघले सो सामाग्रि पाउने भएको हो ।

यो सामाग्रि आएपनि संघसँग अन्तराष्ट्रिय प्रतियोगिता गर्नका लागि थप टेवा पुग्नेछ । जसमा भलिबल म्याट, लगायतका अन्य सामाग्रि रहनेछन । यसका साथै तीन महिनाका लागि एफआइभीभीकै खर्चमा प्रशिक्षक सपोर्ट स्टाफ आउने भएको छ ।

दक्षिण एशियाली खेलकुद सागको तयारीमा रहेको नेपाली पुरुष भलिबल टिम थप प्रशिक्षणका लागि भारत जाने भएको छ । संघले भारतको भलिबल संघसँग पत्राचार गरिरहेको छ ।

यसका साथै यहि १६ तारिखमा महिला भलिबल टिम थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । त्यसपछि महिला टिमले बंगलादेशमा एशियन सेन्ट्रलजोन महिला भलिबलमा सहभागिता जनाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey