चीनका राष्ट्रपति सीलाई खेलकर्मीले गरे भव्य स्वागत (फोटो फिचर)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२५
  • |
  • 229 पटक हेरिएको

काठमाडौं, २५ असोज । चीनका राष्ट्रपति सी चिनफिङलाई नेपाली खेलकूद क्षेत्रले पनि भव्य स्वागत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा काठमाडौं आएका सीलाई खेलाडीहरुले त्रिपुरेश्वरमा स्वाग गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि राष्ट्रपति भण्डारीले सीलाई स्वागत गरेकी थिइन् ।

त्यसपछि उनी बस्ने होटेल सोल्टीमा जाने क्रममा नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले त्रिपुरेश्वरमा स्वागत गरेको हो । सीको स्वागतका लागि राखेपका सदस्यसचिव रमेशकुमार शिलवाल लगाएत पदाधिकारीहरु उपस्थित भएका थिए ।

यसैगरी राखेपमा दर्ता भएका विभिन्न खेल संघका पदाधिकारीहरु पनि स्वागतका लागि सडकमा पुगेका थिए । यस्तै मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई पनि स्वागतका लागि उपस्थित हुन राखेपले आग्रह गरेका थिए ।

जसका कारण खेलाडीहरु प्रशिक्षणस्थलबाटै स्वागतका लागि त्रिपुरेश्वरमा पुगेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey