चिनियाँ राष्ट्रपति सीको स्वागतमा खेलाडीलाई पनि अनिवार्य उपस्थिति!

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२५
  • |
  • 196 पटक हेरिएको

२३ वर्ष पछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलदेखि उनी बस्ने होटेल सोल्टीसम्म लामबद्ध भएर सडकमा स्वागत गरिने भएको छ ।

त्यसका लागि सरकारले निजामति कर्मचारी, खेलाडी र सर्वसाधारणलाई उपस्थित हुन आग्रह गरेको छ । आज शनिबार यसै पनि सार्वजनिक विदा छ भने भोलि आइतबार पनि सरकारले विदा दिएको छ । सीको स्वागतका लागि नेपाली खेलाडी तथा राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुले बबरमहलदेखि लामबद्ध भएर स्वागत गर्ने गरि तालिका मिलाइएको छ ।

राखेपले खेलाडीहरुलाई उपस्थित हुन निर्देशन पनि दिएको छ । विहीबारसम्म दशैंको विदा भए पनि १३ औं सागको वन्द प्रशिक्षणमा खेलाडीहरु फर्किसकेकाले उनीहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ । राखेप स्रोतले भनेको छ ।

त्यसका लागि प्रशिक्षणमा रहेका प्रशिक्षकलाई भनेर खेलाडीलाई अनिवार्य स्वागतका लागि आउन पनि भनिएको छ । सवै खेलाडी तथा प्रशिक्षकहरु आज स्वागतका लागि आएमा बबरमहल देखि माइतीघरसम्म खेलाडीहरुकै लाइन हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey