एथ्लेटिक्स टोली स्वदेश फिर्ता

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 1184 पटक हेरिएको

चैत १५, काठमाडाैं । दक्षिण एसियाली क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी भइ नेपाली एथलेटिक्स टोली बिहीबार स्वदेश फर्किएको छ ।

मार्च २७ तारिखमा भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले १ रजत र १ कांस्य जितेको थियो । व्यक्तिगत स्पर्धामा विश्वरुपा बुढाले १ रजत जितिन् । विश्वरुपाले टिम स्पर्धामा पनि १ कांस्य जितिन् । विश्वरुपा सम्मिलित रेशु बस्नेत र विन्द्रा धान्के श्रेष्ठको नेपाली टोलीले कांस्य जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।

व्यक्तिगत र टिम स्पर्धा दुवै ८ किलोमिटर दुरीमा प्रतिस्पर्धा भएको थियो । सानुमाया कार्की पदक जित्न असफल रहिन् ।

पुरुषमा गजेन्द्र राई, कल्याण बानियाँ, टीकाराम कट्वाल र रामजी बस्नेतले प्रतिस्पर्धा गरेका थिए । उनीहरु पदकविहीन रहे । टिम प्रशिक्षकमा एथलेटिक्स मुख्य प्रशिक्षक अमिरीप्रसाद यादव र चन्द्रबहादुर गुरुङ रहेका छन् । टोलीलाई एथलेटिक्स संघका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा स्वागत गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey