Prabhu Bank

केन विलियमसन सनराइजर्सका कप्तान

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 3 पटक हेरिएको

चैत १५ । डेविड वार्नर प्रतिबन्धमा परेपछि आईपीएल टिम सनराइजर्स हैदराबादले केन विलियमसनलाई कप्तानको जिम्मेवारी दिएको छ ।

न्युजिल्याण्डका कप्तान विलियमसनले सम्भावित भारतीय खेलाडीहरु शिखर धवन र भुवनेश्वर कुमारलाई पछि पार्दै कप्तानीको जिम्मेवारी पाएका हुन् ।

सन् २०१५ मा हैदराबादमा आबद्ध भएका विलियमसनलाई यो सिजन क्लबले ४ लाख ६८ हजार अमेरिकी डलर खर्च गरेको थियो ।

अघिल्ला तीन सिजनमा हैदराबदका लागि १५ खेलमात्र खेलेका विलियमसनले १२९.२४ को औशतमा ४११ रन बनाएका छन् ।