जिम्मेवारी लिएर ब्याटिङ नगर्दा हार्नुपर्याे-आरिफ शेख

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२३
  • |
  • 211 पटक हेरिएको

ओमान विरुद्धको हारको मुख्यका कारण खेलाडीले जिम्मेवारी लिएर ब्याटिङ नगर्दा हारेको टिमका सदस्य आरिफ शेखले बताएका छन ।

जुन किसिमले टिमले चाहिने बेला साझेदारी हुनुपर्ने हो त्यो कुनैपनि खेलाडी विच नभएको र त्यसमा आफु पनि चुक्न पुगेको उनले बताए । नेपालले एकपछि अर्को विकेट गुमाउन पुग्यो, जसका कारण टिम दबावमा पनि आएको र जिम्मेवारी कसैलेपनि नलिएको उनले बताए ।

मैदानको पिच ब्याटिङ नै भएपनि खेलाडीले सबै भन्दा आवश्यक कुरा साझेदारी नभएको उनको भनाई थियो । त्यसमा पनि टिम अहिलेको बेष्ट रहेपनि म्याच एक्पोजरको कमिले पनि सम्हालिन नसकेको उनको भनाई थियो ।

नेपालले ओमानसँग ६ विकेटको हार ब्यहोर्दा आरिफले सर्वाधिक २० रन बनाएका थिए । उनले आफ्नो ब्याटिङमा राम्रो कनेक्ट भइरहदापनि चल्न नसक्दा दुख लागेको बताए ।

हेरौ आरिफसँगको कुराकानी

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey