Prabhu Bank

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने धुर्मुसको घोषणा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 0 पटक हेरिएको

चैत्र १५ । सामाजिक अभियन्ता तथा हास्य कलाकार सिताराम कट्टेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुट्ने उद्घोष गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने बताएका छन् ।

उनले आफ्नो स्टाटसमा लेखेका छन- “चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ ।”

 साथै उनले रङगशाला निर्माण अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान भएको बताएका छन् ।

नेपालले अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएसँगै क्रिकेट समर्थकबाट क्रिकेट स्टेडियम निर्माणको अभियान अघि बढ्न दबाव बढेको थियो ।

भर्खरै

Advertisement