राष्ट्रिय ह्याण्डबल टोलीमा विदेशी प्रशिक्षककाे आगमन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२३
  • |
  • 223 पटक हेरिएको

नेपाली राष्ट्रिय ह्यान्डबल टोलीलाई प्रशिक्षणका लागि पोर्चुगलका ह्यान्डबल प्रशिक्षक पोखरा आएका छन् ।

नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) तयारीमा रहेको नेपाली टोलीलाई प्रशिक्षणका लागि प्रशिक्षक जोआ फ्लोरेन्सियो यहाँ आएको नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

आगामी तीन महीनाका लागि नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी पाएका उनी राष्ट्रिय खेलकूद परिषद्को सहयोग र सङ्घको निमन्त्रणामा आएका हुन् । प्रशिक्षक फ्लोरेन्सियोले आजदेखि प्रशिक्षण शुरु गर्ने बताइएको छ ।

उनलाई बुधबार पोखरा विमानस्थलमा सङ्घका पदाधिकारीहरुले स्वागत गरेका थिए । आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने सागको तयारीका लागि ह्यान्डबलको महिला २२ र पुरुष २२ खेलाडी पोखरा रङ्गशालास्थित ह्याण्डबल एकेडेमीमा बन्द प्रशिक्षणमा रहेका छन् ।

सागमा महिला तथा पुरुष ह्यान्डबलको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रशिक्षक फ्लोरेन्सियोसँग पोर्चुगलको युवा ह्यान्डबल टोली तथा दुई वर्ष अफ्रिकाको अङ्गोलामा प्रशिक्षण गराएको अनुभवबाट नेपाली टोलीले लाभ लिने सङ्घका सचिव केशव पाठकले बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey